जापानले नागढुंगा सुरुङ निर्माणमा थप ५ अर्ब ऋण दिने

जेठ २०- जापानले नागढुंगा सुरुङ निर्माण परियोजनाको लागि नेपाललाई थप ५.७ अर्ब येन (५.५ अर्ब रुपैयाँ) ऋण दिने भएको छ ।
अर्थ मन्त्रालयमा बुधबार आयोजित एक कार्यक्रमबीच थप ऋण सहायता उपलब्ध गराउने सम्बन्धी सम्झौतापत्रमा नेपाल र जापानका अधिकारीले हस्ताक्षर गरेका छन् ।
सम्झौतापत्रमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र नेपालका लागि जापानका राजदूत मैदा तोरुले हस्ताक्षर गरेका थिए ।
नागढुंगा सुरुङ निर्माण परियोजनाको लागि जापान सरकारले डिसेम्बर २०१६ मा १६.६३६ अर्ब येन नेपाललाई उपलब्ध गराउने गरी सम्झौता भएको थियो । तर, बढ्दो मूल्य र अन्य कारणहरूले गर्दा रकम अभाव भएपछि थप ५.७ अर्ब येन ऋण उपलब्ध गराउने सम्झौता भएको हो ।
बुधबार भएको सम्झौतासँगै नागढुंगा सुरुङ निर्माण परियोजनाका लागि जापानले उपलब्ध गराउने कुल ऋण रकम २२.३३६ अर्ब येन पुगेको छ ।
नागढुंगा सुरुङको निर्माण सन् २०१९ मा सुरु भएको थियो ।
लोकप्रिय खबर
लोड हुँदैछ...



