Global TV Logo
लोड हुँदैछ...

जम्बो कमिटीले कम्युनिष्ट पार्टी बलियो हुँदैन : पम्फा भुसाल

S
Sristi Thakuri
२०२६-०८-२२, १०:०६ AM
होमपेज/विशेष समाचार
जम्बो कमिटीले कम्युनिष्ट पार्टी बलियो हुँदैन : पम्फा भुसाल

काठमाडौं , भदौ ६ - नेपाली कम्युनिष्ट पार्टीकी नेतृ पम्फा भुसालले पार्टीभित्र बनेका अत्यधिक ठूला ‘जम्बो’ कमिटीप्रति असन्तुष्टी जनाएकी छन । 

पार्टीको कोशी प्रदेश समितिले शनिवार आयोजना गरेको पार्टी एकता तथा प्रशिक्षण कार्यक्रममा उनले जम्बो समितिले कम्युनिष्ट पार्टीलाई बलियो बनाउन नसक्ने बताइन । उनले दजनौँ पार्टी मिलाएर ठूलो कमिटि भएको नेपाली कम्युनिष्ट पार्टी बनाउँदा पनि निर्वाचनमा सफलता हासिल गर्न नसकेको बताइन । मङ्सिरमा हुने महाधिवेशनबाट चुस्त–दुरुस्त कम्युनिस्ट पार्टी निर्माण गर्नुपर्ने उनको भनाई छ । पार्टीका समितिहरू अत्यधिक ठूलो बन्दै जाँदा सदस्यहरुबीच प्रभावकारी संवाद हुन नसकेकोले उनले बताइन । 

उनले पार्टी नेताहरुमा पनि पछिल्लो समय पदको मोह बढ्दै गएको आरोप लगाइन । पद प्राप्ती र पद मोहका कारण कम्युनिष्ट आन्दोलन विघटनउन्मुख अवस्था पुगेको उनको भनाई छ । उनले महाविधेशनका लागि आवश्यक साङ्गठनिक एकता तल पार्टी सदस्यसम्म पु¥याउने, पार्टी सदस्यता नवीकरण गर्ने लगायतका कार्यमा पनि ढिलाई भएको बताइन । 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com