Global TV Logo
लोड हुँदैछ...

कैलाश कठायत बने जेठ महिनाको उत्कृष्ट कर्मचारी

B
Binita Thapa
२०२६-०६-२९, ०८:०७ AM
होमपेज/विशेष समाचार
कैलाश कठायत बने जेठ महिनाको उत्कृष्ट कर्मचारी

ग्लोबल टेलिभिजनमा कार्यरत कर्मचारीको मनोबल उच्च बनाउने उद्देश्यसहित हरेक महिना संस्थामा कार्यरत एक जना कर्मचारीलाई सम्मान गर्दै आएको छ । यसै उद्देश्यअनुसार जेठ महिनाको उत्कृष्ट कर्मचारी सम्मान रीपोर्टर तथा समाचार बाचक कैलाश कठायतले प्राप्त गरेका छन् । 

धान दिवस तथा रोपाई महोत्सबको अवसर पारेर आइतबार आयोजित एक समारोहमा जेठ महिनाको उत्कृष्ट कर्मचारी घोषणा गर्दै टेलिभिजनले संस्थामा कार्यरत कठायतलाई सम्मान तथा पुरस्कारसहित मायाको चिनो प्रदान गरेको हो । 

टेलिभिजनको समाचार शाखामा कार्यरत घिमिरेलाई टेलिभिजनका अध्यक्ष प्रभुराम श्रेष्ठले नगदसहित सम्मान पत्र र मायाको चिनो प्रदान गरेका थिए । टेलिभिजनले कार्यरत कर्मचारीलाई प्रोत्साहनको लागि हरेक महिना उत्कृष्ट कर्मचारी घोषणा गरेर पुरस्कृत गर्दै आएको छ । 

यसले कार्यसम्पादनमा प्रत्यक्ष प्रभाव पर्ने र कर्मचारीमा काम गर्न उत्साह थपिने व्यवसथापनले विश्वास लिएको छ । पुरस्कृत भएपछि कठायतले आफ्नो कामको मूल्यांकन गरिएकोमा गर्व महशुस भएको भन्दै व्यवस्थापन तथा सहकर्मीहरुलाई धन्यवाद व्यक्त गरे ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com