Global TV Logo
लोड हुँदैछ...

कलांग पर्वत अमेरिकी निशानामा : ट्रम्प

B
Binita Thapa
२०२६-०९-०५, ०३:४६ AM
होमपेज/समाचार
कलांग पर्वत अमेरिकी निशानामा : ट्रम्प

भदौ २० - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा रहेको रणनीतिक महत्वको कलांग पर्वतमाथि अमेरिकाले चाँडै सैन्य हमला गर्न सक्ने संकेत दिएका छन् ।

शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले नतान्जस्थित परमाणु संयन्त्रनजिक रहेको कलांग पर्वतमा गहिरा सुरुङ तथा किल्लाबन्द सैन्य संरचना रहेको दाबी गरेका हुन् । इरानमाथि जारी अमेरिकी सैन्य कारबाहीलाई ट्रम्पले ‘युद्ध’ नभई ‘सैन्य संघर्ष’ को रूपमा व्याख्या गरेका छन् । उनले उक्त संघर्ष अमेरिकाका लागि ठूलो समस्या नरहेको दाबी गर्दै अहिलेसम्म १८ जना अमेरिकी सैनिकको ज्यान गएको बताए ।

अमेरिकाले विगतमा भोगेको ठूलो मानवीय क्षतिको उदाहरण दिँदै ट्रम्पले भियतनाम युद्धको समेत स्मरण गरे । उनका अनुसार भियतनाम युद्धमा अमेरिकाले करिब एक लाख मानिस गुमाएको थियो ।

ट्रम्पले यसअघि भेनेजुएलामा गरिएको अमेरिकी सैन्य कारबाहीमा भने कुनै पनि अमेरिकी सैनिकको मृत्यु नभएको दाबी गरेका थिए।

यसैबीच, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि इरानमा लामो समयदेखि जारी अमेरिकी सैन्य कारबाहीलाई ‘युद्ध’ भन्दा ‘सैन्य संघर्ष’ का रूपमा बुझ्नुपर्ने धारणा सार्वजनिक गरिसकेका छन्।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com