काभ्रे बस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुग्यो
S
Sristi Thakuri२०२६-०६-१२, १२:०६ PM

काभ्रेको बुचाकोटमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या आठ पुगेको छ । रोल...
बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोकतर्फ जाँदै गरेको बा.३ ख ८३९८ नम्बरको बस दुर्घटनामा ८ जनाको मृत्यु भएको हो । दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ८ पुगेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टले जानकारी दिएका हुन् ।
दुर्घटनामा परेर घाइते भएका १६ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको उनले बताए । नमोबुद्ध नगरपालिका–२ मा दुर्घटनामा परेको उक्त बस बिपी राजमार्गबाट करिब २ सय मिटर तल खसेको छ । अरनिको यातायातको उक्त बसमा २५ ÷ ३० जना सवार रहेको अनुमान गरिएको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



