सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
S
Sristi Thakuri२०२६-०८-१४, ०६:२५ AM

काठमाडौं , साउन २९ - सुदूरपश्चिम प्रदेशको पाँचौँ मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता खगराज भट्ट नियुक्त भएका छन्।
प्रदेश प्रमुख नजिर मियाँले शुक्रबार भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। भट्टले शुक्रबार बिहान प्रदेश प्रमुखको कार्यालय पुगेर मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए। उनको दाबीमा नेकपा एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले समर्थन गरेका थिए।
नवनियुक्त मुख्यमन्त्री भट्टसहित मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ शुक्रबार दिउँसो ३ बजे हुने तय गरिएको छ।
लोकप्रिय खबर
लोड हुँदैछ...



