Global TV Logo
लोड हुँदैछ...

कुशल भुर्तेलको कीर्तिमानी शतकमा चीनमाथि नेपालको २२१ रनको फराकिलो जित

S
Sristi Thakuri
२०२६-०५-३१, ०६:५५ AM
होमपेज/समाचार
कुशल भुर्तेलको कीर्तिमानी शतकमा चीनमाथि नेपालको २२१ रनको फराकिलो जित

कुशल भुर्तेलको विस्फोटक शतक र एकै ओभरमा ६ छक्का प्रहारको ऐतिहासिक कीर्तिमानसँगै नेपालले एसियाली खेलकुद (एसियाड) क्रिकेट छनोटमा विजयी सुरुआत गरेको छ। सिङ्गापुरमा आइतबार भएको खेलमा नेपालले चीनलाई २२१ रनको विशाल अन्तरले पराजित गर्‍यो।

नेपालका लागि कुशल भुर्तेलले ४३ बलमा १२९ रन बनाउँदै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दुई शतक बनाउने पहिलो नेपाली खेलाडीको कीर्तिमान कायम गरे। कुशल मल्लले अविजित ८५ तथा रोहित पौडेलले अविजित ६९ रन जोडेपछि नेपालले ३ विकेट गुमाएर ३१३ रनको विशाल योगफल तयार गरेको थियो।जवाफमा चीन ९२ रनमै समेटियो। नेपालका लागि कुशल मल्लले ३ तथा सोमपाल कामी र सन्दीप लामिछानेले समान २–२ विकेट लिए। अब नेपालले बिहीबार मलेसियासँग खेल्नेछ र उक्त खेल जिते एसियाडमा स्थान पक्का गर्नेछ।यता, नेपाली महिला टोली भने एसियाड छनोटबाट बाहिरिएको छ। तेस्रो स्थानका लागि भएको खेलमा चीनसँग डीएलएस पद्धतिमा ५ विकेटले पराजित भएपछि नेपालको यात्रा टुंगिएको हो। वर्षाले प्रभावित खेलमा नेपालले ५० रन बनाएको थियो भने चीनले अन्तिम बलमा चौका प्रहार गर्दै लक्ष्य पूरा गरेको थियो।यससँगै चीन एसियाडमा छनोट हुने तेस्रो टोली बनेको छ। यसअघि थाइल्यान्ड र मलेसियाले एसियाडमा स्थान सुरक्षित गरिसकेका छन्।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com