Global TV Logo
लोड हुँदैछ...

ग्लोबल टोलिभिजको उत्कृष्ट कर्मचारीमा लामिछाने सम्मानीत

S
Sristi Thakuri
२०२६-०८-३०, १२:४६ PM
होमपेज/विशेष समाचार
ग्लोबल टोलिभिजको उत्कृष्ट कर्मचारीमा लामिछाने सम्मानीत

काठमाडौं , भदौ १४ - काठमाडौंः कालिञ्चोक मिडियाद्वारा सञ्चालित ग्लोबल टेलिभिजनले साउन महिनाको उत्कृष्ट कर्मचारीको रुपमा समाचार सम्पादक जयराम लामीछानेलाई सम्मान गरेको छ । जनैपुर्णिमा तथा रक्षा बन्धनको अवसरमा बसेको माषिक समिक्षा बैठकमा लामिछने सम्मानित भएका हुन् । सम्मानित लामीछानेलाई टेलीभिजनका अध्यक्ष प्रभुराम श्रेष्ठले नगद ५ हजारसहित उत्कृष्ट कर्मचारीको अवार्ड प्रदान गरे । ग्लोबल टेलिभिजनले संस्थामा कार्यरत कर्मचारीलाई प्रोत्साहनको लागि हरेक महिना उत्कृष्ट कर्मचारी घोषणा गरेर पुरस्कृत गर्दै आएको छ । यसले कार्यसम्पादनमा प्रत्यक्ष प्रभाव पर्ने र कर्मचारीमा काम गर्न उत्साह थपिने विश्वास व्यवस्थापन पक्षको छ । पुरस्कृत भएपछि लामिछाने इमान्दारपूर्वक गरेको कामको मुल्याङ्कन भएकोमा गर्व महसुस भएको भन्दै सबैलाई धन्यवाद ब्यक्त गरेका थिए । 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com