Global TV Logo
लोड हुँदैछ...

गोरखाको लक्ष्मीबजारमा पहिरोको कहर, निजी घर बगाउँदा एक घाइते

S
Sristi Thakuri
२०२६-०८-०३, ०८:२१ AM
होमपेज/विशेष समाचार
गोरखाको लक्ष्मीबजारमा पहिरोको कहर, निजी घर बगाउँदा एक घाइते

काठमाडौं , साउन १८ - गोरखाको लक्ष्मीबजारमा पहिरोले एक निजी घर बगाएको छ । 

गोरखा नगरपालिका वडा नम्बर ९ लक्ष्मीबजारदेखि शिखर जाने बाटो दिवामार्गमा रहेको स्थानीय मानसिंह गुरूङको तीन तले पक्की घर पहिरोले बगेको हो । अविरल वर्षापछिको पहिरोले आज घर बगेको हो । सडकसँगै रहेको घर पहिरोले बगाउँदा सडकदेखि करिब २० मिटर तल पुगेको छ । प

हिरो जाँदा घरमा एक जना ब्यक्ति मात्रै थिए । डेरा गरी बस्ने रौतहट कटहरिया नगरपालिका वडा नम्बर ७ घर भएका टोखान महतो सामान्य घाइते छन । घाइते महतोको प्रदेश अस्पताल गोरखामा उपचार भइरहेको छ । 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com