Global TV Logo
लोड हुँदैछ...

चलचित्र कलाकार संघको ‘साथी राइड’ शुभारम्भ

B
Binita Thapa
२०२६-१०-१२, ०४:५७ AM
होमपेज/विशेष समाचार
चलचित्र कलाकार संघको ‘साथी राइड’ शुभारम्भ

असोज २६ - नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । 

आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका वरिष्ठ कलाकार भुवन चन्द, चैत्यदेवी सिंह र वसुन्धरा भुसालले संयुक्त रूपमा ‘साथी राइड’को शुभारम्भ गरेका हुन् । नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चलचित्रकर्मी, कलाकार, प्राविधिक, लेखक, पत्रकार तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो । कार्यक्रममा वक्ताहरूले प्राकृतिक विपत्ति र बुढीगण्डकी क्षेत्रमा आएको बाढीबाट जनजीवन प्रभावित भएको सन्दर्भ उल्लेख गर्दै यस वर्षको दशैं सचेत र सामान्य रूपमा मनाउन आग्रह गरेका छन् । चाडपर्वमा अनावश्यक तडकभडक गर्नुभन्दा नेपाली कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवद्र्धनमा जोड दिनुपर्ने उनीहरूको भनाइ थियो । वक्ताहरुले नेपाली जनशक्ति र प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै स्वदेशी सेवा तथा उत्पादनको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।

 संघका अध्यक्ष केसीले घटस्थापनाको अवसरमा दशैंको शुभकामना आदानप्रदान गर्नुका साथै नेपाली जनशक्ति, रोजगारी र अर्थतन्त्रलाई आधार बनाएर सञ्चालनमा ल्याइएको साथी मोबिलिटी प्रालिको ‘साथी राइड’लाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिएका छन् । कार्यक्रमकै अवसरमा ‘साथी राइड’ एप डाउनलोड गर्ने राइडर तथा प्रयोगकर्तामध्ये पाँच–पाँच जनालाई गोलाप्रथामार्फत पुरस्कार प्रदान गरिएको थियो ।

 छनोट भएका राइडरलाई हेलमेट तथा प्रयोगकर्तालाई एयरबड वितरण गरिएको छ । सांस्कृतिक प्रस्तुतिमा सहभागी कलाकारलाई प्रमाणपत्र र विशिष्ट चलचित्रकर्मीलाई उपहारस्वरूप कप प्रदान गरिएको छ । आगामी लक्ष्मी पूजाको दिन कार्तिक २२ गते साथी राइडमा लकी विजेताहरूले एक जनाले स्मार्ट फोन,पाँच जनाले स्मार्ट घडी र १५ जनाले इयरबड जित्ने जनाइएको छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com