Global TV Logo
लोड हुँदैछ...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिंदै

B
Binita Thapa
२०२६-०८-१७, ०४:०३ AM
होमपेज/समाचार
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिंदै

भदौ १ - लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिने भएका छन् । सत्ता साझेदार नेपाली कांग्रेसले गत साउन १२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री आचार्यले संवैधानिक व्यवस्था अनुसार आज विश्वासको मत लिन लागेका हुन् ।

नेपाली कांग्रेसले नेकपा एमालेसंगको सत्ता सहकार्य तोड्ने निर्णय गरेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ७ वटै प्रदेशमा सत्ता गठबन्धन गर्ने तीन बुंदे सहमति गरेका थिए । त्यसपछि नेपाली कांग्रेसले प्रदेश सरकारका मन्त्रीहरूलाई फिर्ता बोलाएको थियो । ८७ जना प्रदेश सभा सदस्य रहेको लुम्बिनी प्रदेश सभामा गत फागुनको निर्वाचनमा उम्मेदवार बन्न ४ जनाले राजीनामा दिएपछि अहिले ८३ जना मात्रै सांसद छन् ।

हाल कायम रहेको सदस्य संख्याको आधारमा प्रदेश सभामा बहुमतका लागि ४२ सांसद आवश्यक पर्छ । प्रदेश सभामा एमालेका २९ र नेकपाका सभामुखसहित १३ सांसद छन्।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com