Global TV Logo
लोड हुँदैछ...

सीमित तर आधुनिक प्रयोगशाला बनाउनुपर्ने महावीर पुनको जोड

S
Sristi Thakuri
२०२६-०६-०४, १०:५७ AM
होमपेज/समाचार
सीमित तर आधुनिक प्रयोगशाला बनाउनुपर्ने महावीर पुनको जोड

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा सांसद महावीर पुनले नेपालमा धेरै स्थानमा फरेन्सिक ल्याब स्थापना गर्नु व्यवहारिक नहुने बताएका छन् । 

सांसद पुनले एउटा आधुनिक केन्द्रीय ल्याब स्थापना गरी आवश्यक केही परीक्षण मात्र देशभित्र गर्ने र बाँकी जाँच विदेशमा पठाउने व्यवस्था उपयुक्त हुने धारणा राखे । उनले कोरोना महामारीको समयमा पनि केही परीक्षण हङकङलगायत देशमा पठाइएको उदाहरण दिए ।  

उनको  भनाइमा, “धेरै ल्याब खोल्ने होइन, सीमित, आधुनिक र व्यवहारिक संरचना बनाउनुपर्छ,” भन्दै स्रोत–साधनअनुसार मात्र योजना बनाउनुपर्नेमा जोड दिएका छन् । 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com