भरत दाहाल पक्राउप्रति महेश बस्नेतको आपत्ति
S
Sristi Thakuri२०२६-०९-२०, १०:५५ AM

काठमाडौं , असोज ४ - राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेको विषयमा नेकपा एमालेका सचिव महेश बस्नेतले आपत्ति जनाएका छन्। उनले दाहाल पक्राउ पर्नुको स्पष्ट कारण सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।
बस्नेतले फरक विचार र आलोचना लोकतन्त्रका शत्रु नभएको भन्दै कानुनी प्रक्रिया पारदर्शी बनाउन आग्रह गरेका छन्। सरकार आलोचनाबाट डराउने नभई जवाफदेही बन्नुपर्ने उनको भनाइ छ।
फरक मत निषेध गर्दै अलोकतान्त्रिक बाटोमा अघि बढे जनआवाज विद्रोहमा परिणत हुन सक्ने चेतावनी दिँदै बस्नेतले यस्तो प्रवृत्तिले अन्ततः ‘बालेन सरकार’लाई नै ठूलो क्षति पुर्याउने दाबी गरेका छन्।
लोकप्रिय खबर
लोड हुँदैछ...



