नेपालमा म्यारियटका दुई नयाँ लक्जरी होटल , म्यारियट र सीजीको साझेदारी
S
Sristi Thakuri२०२६-०६-०७, ११:४२ AM

म्यारियट इन्टरनेसनल र सीजी कर्प ग्लोबलबीच नेपाल र भारतमा तीनवटा नयाँ लक्जरी होटल सञ्चालन गर्ने सम्झौता भएको छ।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा म्यारियटका अध्यक्ष डेभिड म्यारियटले सम्झौताको घोषणा गर्दै काठमाडौंमा ‘द रिट्ज–कार्लटन’ र ‘द वेस्टिन’ तथा भारतको सिलिगुडीमा ‘जेडब्लु म्यारियट’ होटल सञ्चालनमा ल्याइने जानकारी दिए।
उनले सीजी कर्पसँगको साझेदारीलाई महत्वपूर्ण उपलब्धि बताउँदै यसले पर्यटन, लगानी र आतिथ्य क्षेत्रको विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरे।
सीजी हस्पिटालिटीका प्रबन्ध निर्देशक राहुल चौधरीले विश्वस्तरीय होटल ब्रान्डहरूको आगमनले नेपालको पर्यटन तथा हस्पिटालिटी क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने बताए। उनका अनुसार यी परियोजनाले नेपाललाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा थप स्थापित गर्न मद्दत गर्नेछन्।
लोकप्रिय खबर
लोड हुँदैछ...



