Global TV Logo
लोड हुँदैछ...

स्वास्थ्य बीमाबाट पाइने औषधि घट्यो, अब १ हजार १ सय २ प्रकार मात्रै उपलब्ध हुने

S
Sristi Thakuri
२०२६-०८-१२, ०८:३४ AM
होमपेज/विशेष समाचार
स्वास्थ्य बीमाबाट पाइने औषधि घट्यो, अब १ हजार १ सय २ प्रकार मात्रै उपलब्ध हुने

काठमाडौं , साउन २७ - सरकारले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध हुँदै आएका औषधिको सूची परिमार्जन गरेको छ ।

स्वास्थ्य बीमा बोर्डले नयाँ सुविधा थैली लागु गर्दै बीमामार्फत उपलब्ध हुने औषधिको संख्या घटाएको हो । यससँगै अब स्वास्थ्य बीमा कार्यक्रमबाट १ हजार १ सय २ प्रकारका औषधि उपलब्ध हुनेछन् । बोर्डका सुचना अधिकारी विकेश मल्लका अनुसार यसअघि बीमा कार्यक्रमअन्तर्गत १ हजार २ सय ८९ प्रकारका औषधि उपलब्ध हुँदै आएका थिए । 

नयाँ सूचीअनुसार १ सय ८७ प्रकारका औषधि हटाइएपछि औषधिको संख्या १ हजार १ सय २ मा झरेको हो । औषधिको संख्या घटाउनुको मुख्य कारण एउटै प्रकृतिको उपचारमा प्रयोग हुने औषधिको दोहोरोपन हटाउनु हो । आधारभूत स्वास्थ्य सेवाअन्तर्गत सरकारले स्वास्थ्य संस्थाबाट निःशुल्क उपलब्ध गराउँदै आएका केही औषधि पनि बीमा कार्यक्रमको सूचीमा समावेश थिए । बोर्डले नयाँ सुविधा थैली ३० असारको बोर्ड बैठकबाट स्वीकृत गरेको थियो । 

स्वीकृत नयाँ व्यवस्था ५ साउनदेखि कार्यान्वयनमा आइसकेको छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com