Global TV Logo
लोड हुँदैछ...

एमाले सचिवालय र पार्टी पुनर्गठन कार्यदलको बैठक बस्दै

B
Binita Thapa
२०२६-०९-२०, ०३:४५ AM
होमपेज/समाचार
एमाले सचिवालय र पार्टी पुनर्गठन कार्यदलको बैठक बस्दै

असोज ४- नेकपा एमालेले आजबाट लगातार तीन वटा बैठक बोलाएको छ ।  आज बिहान ९ बजे निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक बोलाइएको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले जानकारी दिए । 

दिउँसो १ बजे सचिवालय बैठक बोलाइएको छ । 

कार्यदल र सचिवालय बैठक पार्टी मुख्यालय च्यासलमा बस्ने तय भएको छ । कार्यदलले पार्टी पुनर्गठनसम्बन्धी प्रतिवेदनलाई अन्तिम रूप दिएर सचिवालय बैठकमा पेस गर्ने तयारी छ ।  एमाले उपाध्यक्ष रामबहादुर थापा बादलको संयोजकत्वमा गठित कार्यदलभित्रै संयोजक बादल र महासचिव शंकर पोखरेलका अलगअलग दुई प्रतिवेदन बनेपछि विवाद भएको थियो ।

त्यसपछि पुन बादल, विष्णु पौडेल र महासचिव पोखरेललाई दुवै प्रतिवेदन एकीकृत गरेर एउटै प्रतिवेदन तयार गर्न कार्यदलले जिम्मा दिएको थियो । पोखरेलको प्रतिवेदनमा चुनावी हारको जिम्मेवारी लिँदै अध्यक्ष केपी शर्मा ओलीले मार्गप्रशस्त गर्नुपर्ने सुझाव समेटिएको थियो भने थापाको प्रतिवेदनमा अध्यक्षको बचाउ गरिएको थियो ।

सचिवालय बैठकमा कार्यदल प्रतिवेदन र केन्द्रीय कमिटी बैठकका एजेण्डाबारे छलफल हुनेछ । एमाले केन्द्रीय कमिटी बैठक असोज ५ देखि ७ गतेसम्म ललितपुरस्थित रामबाग महल भनिमण्डलमा बस्ने तय भएको एमालेले जनाएको छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com