Global TV Logo
लोड हुँदैछ...

बाढी प्रभावित बालबालिकालाई अन्यत्र लैजानुअघि अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह

S
Sristi Thakuri
२०२६-०९-११, ०९:२९ AM
होमपेज/विशेष समाचार
बाढी प्रभावित बालबालिकालाई अन्यत्र लैजानुअघि अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह

काठमाडौं  ,भदौ २६ - महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले बाढी प्रभावित क्षेत्रबाट बालबालिकालाई अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन आग्रह गरेकी छन । 

शुक्रवार महिला तथा सामाजिक मामिला समितिको बैठकमा उनले स्थानीय तहका बाल कल्याण अधिकारी र राष्ट्रिय बाल अधिकार परिषद्को समन्वय तथा सिफारिसमा मात्रै बालबालिका अन्यन्त्र लैजान सामाजिक संघसंस्थालाई आग्रह गरिन । बालबालिका बेचबिखनमा पर्ने जोखिम रहेकोले उनीहरुको अभिलेख राख्न आवश्यक रहेको उनले बताइन । उनले महिला तथा बालबालिकाको सुरक्षित आवास तथा मानव बेचबिखन र लैङ्गिक हिंसा नियन्त्रणका लागि नेपाल प्रहरीसँगको समन्वयमा बेलकोट, गल्छी नाका, शिवपुरी र कजुरी भञ्ज्याङलगायतका संवेदनशील क्षेत्रमा चेकपोस्ट स्थापना गरी निगरानी बढाइएको पनि जानकारी दिइन । 

उनले बाढीपीडितका तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा अनधिकृत रूपमा प्रयोग नगर्न पनि आग्रह गरिन । राहत तथा उद्धारका नाममा पीडितको दुःखलाई प्रचारको माध्यम बनाउन नहुने उनको भनाई छ । हाल होल्डिङ सेन्टरमा अभिभावकविहीन १२० बालबालिका रहेका छन । उनीहरुको प्रारम्भिक लेखाजोखा, संरक्षण तथा अभिभावकको खोजी भइरहेको उनले जानकारी दिइन । अभिभावकविहीन बालबालिकाको संरक्षणका लागि ललितपुरको गोदावरी नगरपालिका–१२, खेटोस्थित सरकारी भवनमा राष्ट्रिय बाल अधिकार परिषद्अन्तर्गत अस्थायी संरक्षण केन्द्र स्थापना गर्ने काम तीव्र पारिएको उनले बताइन ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com