Global TV Logo
लोड हुँदैछ...

विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय नबनाउन मन्त्री पुनको चेतावनी

S
Sristi Thakuri
२०२६-०९-२४, ०७:१० AM
होमपेज/राजनीति
विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय नबनाउन मन्त्री पुनको चेतावनी

काठमाडौं  , असोज ८  - विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय वा शैक्षिक संस्थाका रूपमा विकास गर्ने प्रयास नगर्न सचेत गराएका छन् । 

बिहीवार बसेको संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि छलफल गर्दै मन्त्री पुनले प्रयोगशालाको प्राथमिक उद्देश्य अनुसन्धान र नवप्रवर्तन हुनुपर्नेमा जोड दिएका हुन् । साथै मन्त्री पुनले हाल नेपालमा विश्वविद्यालय खोल्ने प्रतिष्पर्धा चलिरहेको तर राष्ट्रलाई आवश्यक पर्ने गुणस्तरीय पठनपाठनको अभाव खड्किएको औंल्याए । विधि विज्ञान प्रयोगशालालाई आम्दानीको स्रोत वा डिग्री बाँड्ने थलो बनाउन नहुने भन्दै यस्तो कदमले संस्थाको मूल मर्म समाप्त हुने उनको चिन्ता थियो । 

साथै मन्त्री पुनले विधि विज्ञान जस्तो संवेदनशील क्षेत्रलाई आर्थिक लाभसँग जोडेर कमजोर बनाउन नहुने बताउँदै, प्रयोगशालाले पठनपाठनको बाटो खोल्न सक्ने भएपनि स्वयंले विश्वविद्यालयकै स्वरूपमा पठनपाठन सञ्चालन गर्न नहुनेमा जोड दिएका छन् । 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com