पक्राउ पुर्जी कार्यान्वयनमा मन्त्री यादवको कडाइ, विभागलाई तत्काल समन्वय गर्न निर्देशन
S
Sristi Thakuri२०२६-०७-२१, ०६:३८ AM

काठमाडौं, साउन ५ - युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले मंगलबार वैदेशिक रोजगार विभागको अनुगमन गर्दै सेवा प्रवाह, प्रशासनिक गतिविधि र पीडितका गुनासोबारे जानकारी लिएका छन्।
अनुगमनका क्रममा विभागकी महानिर्देशक मिरा आचार्यले विभागको कामकारबाही र उजुरी व्यवस्थापनबारे जानकारी गराएकी थिइन्। मन्त्री यादवले कर्मचारीसँग सेवा प्रक्रियामा देखिएका चुनौती र सुधारका उपायबारे छलफल गरेका थिए।
यस क्रममा वैदेशिक रोजगार पीडितहरूले पक्राउ पुर्जी जारी भएका व्यक्तिहरू अझै पक्राउ नपरेको गुनासो गरेका थिए। त्यसपछि मन्त्री यादवले पक्राउ पुर्जी जारी भएका व्यक्तिलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन सम्बन्धित जिल्ला प्रहरीसँग प्रभावकारी समन्वय गर्न विभागका कर्मचारीलाई निर्देशन दिएका छन्।
लोकप्रिय खबर
लोड हुँदैछ...



