Global TV Logo
लोड हुँदैछ...

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य जोखिम नियन्त्रणमा मन्त्रालयको सक्रियता

S
Sristi Thakuri
२०२६-०८-२७, ०६:३० AM
होमपेज/विशेष समाचार
बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य जोखिम नियन्त्रणमा मन्त्रालयको सक्रियता

काठमाडौं , भदौ ११ - बाढी प्रभावित रसुवा, नुवाकोटलगायत क्षेत्रमा घाइतेको उपचार तथा सम्भावित स्वास्थ्य जोखिम नियन्त्रणका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यकर्मी र आवश्यक स्वास्थ्य सामग्री परिचालन गरेको जनाएको छ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार घाइतेको खोजी, उद्धार र उपचारलाई प्राथमिकतामा राखिएको छ। स्थानीय स्तरमा उपचार सम्भव नभएका घाइतेलाई काठमाडौं ल्याएर उपचार गर्ने व्यवस्था मिलाइएको छ।

बाढीपछि पानी तथा खाद्यजन्य, किटजन्य रोग र मानसिक स्वास्थ्य समस्या बढ्न सक्ने भएकाले स्थानीय स्तरमै औषधि तथा उपचार सामग्रीको व्यवस्थापन गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले मानसिक स्वास्थ्यका लागि ११६६, बालबालिका सहयोगका लागि १०९८ तथा स्वास्थ्यसम्बन्धी समस्यामा ११५१ र ११५५ नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com