Global TV Logo
लोड हुँदैछ...

मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा

B
Binita Thapa
२०२६-०६-२२, ०३:३२ AM
होमपेज/समाचार
मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा

काठमाडौँ , असार ८ -  आज दिउँसो कोशी प्रदेशका हिमाली र पहाडी भूभागका केही ठाउँमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै ठाउँमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । गएराति पनी र आज बिहान पूर्वी र मध्य भेगका धेरै ठाउँमा वर्षा भएको छ । 

यस्तै कोशी प्रदेशका तराई भूभागका थोरै ठाउँमा तथा मधेश प्रदेशको एक, दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँहरुमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही ठाउँमा पनि  तातो दिन हुने सम्भावना छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com