Global TV Logo
लोड हुँदैछ...

मनसुन पर्खाइ लम्बियो, तराईमा गर्मी बढ्ने अनुमान

S
Sristi Thakuri
२०२६-०६-१६, ०५:४७ AM
होमपेज/विशेष समाचार
मनसुन पर्खाइ लम्बियो, तराईमा गर्मी बढ्ने अनुमान

काठमाडौँ, असार १ -नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने भएको छ । 

नेपालमा सामान्यतया जुन १३ मा मनसुन प्रवेश गर्ने सरदर अनुमान रहे पनि यस वर्ष अहिलेसम्म मनसुन प्रणाली नभित्रिएको जल तथा मौसम विज्ञान विभागले जनाएको हो ।

 विभागले विज्ञप्ति निकालेर भू–उपग्रहबाट प्राप्त तथ्याङ्क तथा गणितीय मौसम पूर्वानुमानको विश्लेषणका आधारमा मनसुन भित्रिन अझै केही दिन लाग्ने जनाएको छ । विभागका अनुसार हाल प्रशान्त महासागरमा ‘एल निनो’ विकसित भइसकेको र यो अझै बलियो हुने क्रममा रहेकोले यसको सिधा प्रभाव दक्षिण एसियासहित नेपालको मनसुनी प्रणालीमा पर्ने देखिएको छ ।

 एल निनो सक्रिय हुँदा नेपालमा मनसुन आगमन ढिलो हुनुका साथै यस वर्षको मनसुनसमेत कमजोर हुन सक्ने सम्भावना रहेको विभागका प्रवक्ता विभूति पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 मनसुन ढिलो भए पनि नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव भने कायमै रहेकाले विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मेघ गर्जनसहित मध्यम वर्षा भइरहेको छ । अबका केही दिन तराईमा तातो दिनसँगै गर्मी बढ्ने भएको छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com