Global TV Logo
लोड हुँदैछ...

तराईमा मनसुन कमजोर, पहाडमा भारी वर्षाको सम्भावना

S
Sristi Thakuri
२०२६-०७-२३, ०५:४५ AM
होमपेज/विशेष समाचार
तराईमा मनसुन कमजोर, पहाडमा भारी वर्षाको सम्भावना

काठमाडौं , साउन  ७ - जल तथा मौसम पूर्वानुमान महाशाखाले तराई क्षेत्रमा मनसुन प्रणाली निष्कृय भएपनि पहाडी क्षेत्रमा भने मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ । 

महाशाखाले हाल मनसुनको न्यूनचापीय रेखा नेपालभन्दा दक्षिण सरदर स्थानमा रहेकाले अघिल्ला दिनहरुको तुलनामा कम वर्षा हुने जनाएको छ । तर, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा भने मध्यमसम्मको र एक/दुई स्थानमा भारी वर्षाको पूर्वानुमान गरिएको छ । 

देशका हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आजराति देशका पहाडी भूभागको केही र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

 बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com