Global TV Logo
लोड हुँदैछ...

समयसीमाभित्र कांग्रेसका ६ लाख ८७ हजारभन्दा बढी सदस्य अद्यावधिक प्रक्रियामा

S
Sristi Thakuri
२०२६-०६-१२, ०४:४८ AM
होमपेज/विशेष समाचार
समयसीमाभित्र कांग्रेसका ६ लाख ८७ हजारभन्दा बढी सदस्य अद्यावधिक प्रक्रियामा

नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकका लागि तोकिएको समयसीमा भित्र ५ लाख ३८ हजार ६ सय २२ जनाले एसीआईडी प्राप्त गरेका छन् । 

यसबाहेक  १ लाख ४९ हजार ३ सय ९ जनाले स्वयं अद्यावधिक फाराम पेस गरी अद्यावधिक प्रक्रियामा रहेको  पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । गएराति १२ बजेसम्म सदस्यता अद्यावधिक गर्न सकिने व्यवस्था गरिएको थियो ।

 कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्न योग्य कुल ७ लाख ८२ हजार २०९ सदस्यहरुमध्ये तोकिएको समयमा अद्यावधिक गरेका र प्रक्रियामा सामेल भएकोको कुल संख्या भने ६ लाख ८७ हजार ९ सय ३१ रहेको छ । 

इन्टरनेटको पहुँचभन्दा बाहिर रहेका उच्च हिमाली क्षेत्रका केही जिल्लाहरू, विकट पहाडी भूभाग, बारा र खोटाङ जिल्ला तथा नेपाली कांग्रेससँग आबद्ध विदेशस्थित नेपाली जनसम्पर्क समितिहरुमा अद्यावधिक प्रक्रियामा रहेकालाई थप व्यवस्थित गरिने पार्टीले जनाएको छ । नयाँ क्रियाशील सदस्यता वितरण कार्य भने अर्को सूचना जारी नभएसम्मका लागि खुल्ला रहने भएको छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com