फिफा विश्वकप २०२६ निःशुल्क प्रसारण गर्न सांसद हमालको माग
S
Sristi Thakuri२०२६-०६-१६, ०८:३५ AM

काठमाडौँ, असार १ - नेकपाका सांसद प्रमेश हमालले जारी फिफा विश्वकप २०२६ निःशुल्क रूपमा प्रसारण गर्न सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले विश्वकप हेर्न दर्शकले ९ सय ९९ रुपैयाँ तिर्नुपर्ने व्यवस्था प्रति आपत्ति जनाउँदै सरकारी टेलिभिजनमार्फत निःशुल्क प्रसारणको व्यवस्था गर्न आग्रह गरे।
उनले खेलकुदलाई आम नागरिकको पहुँचमा राख्नुपर्ने भन्दै यस्तो शुल्क प्रणालीले दर्शकमा असमानता सिर्जना गर्ने तर्क गरे।
लोकप्रिय खबर
लोड हुँदैछ...



