प्रधानमन्त्री साहलाई विधि, लोकतान्त्रिक मूल्य र संसदीय मर्यादा कमजोर नपार्न सांसद काउचाको आग्रह
No image available
काठमाडौं , साउन २५ - नेपाली काँग्रेसकी सांसद रेनुका काउचाले प्रधानमन्त्री बालेन्द्र साहलाई विधि, लोकतान्त्रिक मूल्यमान्यता, संविधान र संसदीय मर्यादालाई कमजोर पार्ने कार्य नगर्न आग्रह गरेकी छिन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद काउचाले मुलुकको हितमा सरकारले चाल्ने हरेक कदममा प्रतिपक्षको साथ रहने तर लोकतान्त्रिक व्यवस्था र संसदको सर्वोच्चतालाई कमजोर बनाउने काममा प्रतिपक्ष मौन बस्न नसक्ने जिकिर गरिन् । प्रधानमन्त्री सत्तापक्षको मात्रै नभई सबै नेपालीको प्रधानमन्त्री भएको उल्लेख गर्दै संसद्मा दैनिक उठिरहेको सीमासम्बन्धी विवादास्पद अभिव्यक्तिको विषयले प्रधानमन्त्रीको राजनीतिक साखमा असर पारेकोतर्फसमेत उनले ध्यानाकर्षण गराइन् ।
प्रधानमन्त्री साहको फेसबुक स्टाटसलाई लक्षित गर्दै प्रधानमन्त्री एक्लै नरहेको भन्दै कालो चस्मा खोल्नसमेत उनको आग्रह थियो ।
सांसद काउचाले प्रतिपक्षले सरकारको घेराबन्दी गर्न नभई जवाफदेही बनाउन खोजिरहेकोबारे पनि स्पष्ट पारिन् ।
लोकप्रिय खबर
लोड हुँदैछ...



