Global TV Logo
लोड हुँदैछ...

सीमा सम्बन्धी भनाइ सच्याउन सांसद राईको माग

S
Sristi Thakuri
२०२६-०६-०२, ०९:५५ AM
होमपेज/समाचार
सीमा सम्बन्धी भनाइ सच्याउन सांसद राईको माग

प्रधानमन्त्रीले नेपाल–भारत सीमा सम्बन्धी दिएको अभिव्यक्तिप्रति श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राईले आपत्ति जनाएका छन् । उनले उक्त भनाइ राष्ट्रहित विपरीत भएको भन्दै तत्काल सच्याउन र प्रधानमन्त्रीले सदनमै आएर स्पष्टिकरण दिन माग गरेका हुन् । 

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद राईले सीमा, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतामा सबै दल एक हुनुपर्ने बताए ।  बिना प्रमाण आएको अभिव्यक्तिले जनताको भावनामा चोट पुगेको भन्दै उलने प्रधानमन्त्रीले माफी माग्नुपर्ने अडान पनि राखेका छन् । उलने प्रधानमन्त्रीको सदन उपस्थितिको हाजिरी अभिलेख सार्वजनिक गर्न समेत माग गर्दै नियम अनुसार जिम्मेवारी पूरा भएको छ कि छैन भन्ने प्रश्न उठाएका छन् । 

सांसद राईले सरकार प्रमुखले संवेदनशील विषयमा प्रमाणसहित मात्र बोल्नुपर्नेमा जोड दिएका छन् । 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com
सीमा सम्बन्धी भनाइ सच्याउन सांसद राईको माग | Global TV Khabar