प्रधानमन्त्रीले संसद्मा आएर गल्ती स्वीकार्नुपर्ने सांसद राईको भनाइ

काठमाडौं, असार ३० – श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री बालेन्द्र शाह संसद्मा उपस्थित भएर सीमा सम्बन्धी दिएको गलत अभिव्यक्ति सच्याउनुपर्ने बताएका छन्।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद राईले विपक्षी दलले करिब डेढ महिनादेखि प्रधानमन्त्रीको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसलाई सच्याउन निरन्तर माग गरिरहेको उल्लेख गरे। तर, त्यस अवधिमा पनि प्रधानमन्त्रीले संसद्मा आएर आफ्नो धारणा स्पष्ट पार्न वा अभिव्यक्ति सच्याउन कुनै पहल नगरेको उनको आरोप थियो।
राईले व्यंग्यात्मक शैलीमा प्रधानमन्त्रीको मौनताप्रति टिप्पणी गर्दै, “बरु ढुङ्गो बोल्ला, प्रधानमन्त्री बोल्नुभएको छैन,” भने। उनले संसद्प्रति सरकारको जवाफदेहिता सुनिश्चित गर्न प्रधानमन्त्री स्वयं उपस्थित भई विवादित अभिव्यक्तिबारे स्पष्ट धारणा राख्नुपर्ने आवश्यकता औंल्याए।
उनले सीमा जस्तो संवेदनशील विषयमा जिम्मेवार अभिव्यक्ति आवश्यक हुने भन्दै सरकारले संसद्को सम्मान र जनताको चासोलाई ध्यानमा राख्नुपर्ने बताए।
लोकप्रिय खबर
लोड हुँदैछ...



