त्रिभुवन विमानस्थलमा ‘मेड इन नेपाल’लाई प्राथमिकता दिन सांसद श्रेष्ठको माग

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा की सांसद अनुश्का श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली उत्पादनका वस्तुहरूको बिक्री वितरणलाई प्राथमिकता दिने गरी आवश्यक व्यवस्था गर्न सरकारसँग माग गरेकी छन्। मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद श्रेष्ठले विमानस्थल नेपाल चिनाउने महत्वपूर्ण स्थान भएकाले त्यहाँ “मेड इन नेपाल” उत्पादनको उपस्थितिलाई अनिवार्य बनाउनुपर्ने बताइन् । उनले दैनिक हजारौँ यात्रु नेपालबाट बाहिरिने भएकाले नेपाली स्वाद, हस्तकला र स्वदेशी उत्पादन विश्वसामु चिनाउने अवसरका रूपमा विमानस्थललाई उपयोग गर्नुपर्ने धारणा पनि राखिन् ।सांसद श्रेष्ठले विमानस्थलका सबै पसल तथा टेन्डर प्रक्रियामा नेपाली उत्पादनका लागि छुट्टै ‘डेडिकेटेड सेक्शन’ व्यवस्था गर्न आग्रह गर्दै विशेषगरी घरेलु, साना तथा स्वदेशी उद्यमीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइन् ।उनले त्रिभुवन विमानस्थलमा अझै पनि नेपाली स्वाद, हस्तकला र स्वदेशी उत्पादनको उपस्थिति कमजोर रहेको उल्लेख गर्दै सरकार र विमानस्थल व्यवस्थापनले यसतर्फ ध्यान दिनुपर्ने बताएकि छन् । उनले स्वदेशी उत्पादनको प्रवर्द्धनमार्फत नेपालको पहिचान विश्व बजारसम्म विस्तार गर्न सकिने उल्लेख गर्दै विमानस्थललाई नेपाली उत्पादनको प्रचार–प्रसारको प्रभावकारी माध्यम बनाउन सरकारलाई आग्रह गरेकि छन् ।
लोकप्रिय खबर
लोड हुँदैछ...



