Global TV Logo
लोड हुँदैछ...

विधि विज्ञान प्रयोगशाला विधेयकबारे सांसदका प्रश्न अनुत्तरित, विज्ञ बोलाइने

S
Sristi Thakuri
२०२६-०६-०४, १२:१९ PM
होमपेज/समाचार
विधि विज्ञान प्रयोगशाला विधेयकबारे सांसदका प्रश्न अनुत्तरित, विज्ञ बोलाइने

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा विज्ञहरुसँग छलफल गर्ने निर्णय गरेको छ।

विधेयकमाथि सांसदहरूले उठाएका धेरै प्रश्नहरूको पर्याप्त जवाफ नआएकाले आगामी बैठकमा विज्ञहरूलाई आमन्त्रण गरेर विस्तृत छलफल गरिने समितिकी सभापति डा. ओजश्वी शेरचनले बताइन्। उनका अनुसार न्याय प्रणाली र न्याय निरुपणको क्षेत्रमा महत्वपूर्ण मानिएको यो विधेयकबारे व्यापक बहस आवश्यक छ।

बैठकमा सांसदहरूले पनि विधेयकबारे विज्ञहरूको राय लिनुपर्ने धारणा राखेका थिए। त्यसैगरी सस्मित पोखरेल ले समेत पर्याप्त समय लिएर विज्ञहरूसँग परामर्श गरेपछि मात्रै विधेयकलाई अघि बढाइने स्पष्ट पारेका थिए।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com
विधि विज्ञान प्रयोगशाला विधेयकबारे सांसदका प्रश्न अनुत्तरित, विज्ञ बोलाइने | Global TV Khabar