Global TV Logo
लोड हुँदैछ...

देउवाको प्रमुख आतिथ्यमा कांग्रेस इतर समूहको राष्ट्रिय भेला सुरु

S
Sristi Thakuri
२०२६-०८-१४, ०९:०३ AM
होमपेज/विशेष समाचार
देउवाको प्रमुख आतिथ्यमा कांग्रेस इतर समूहको राष्ट्रिय भेला सुरु

काठमाडौं , साउन २९  - नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेला काठमाडौंको मिराकल पार्टी प्यालेसमा सुरु भएको छ । भेलामा संस्थापन इतर समूहका नेता–कार्यकर्ता तथा विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरू सहभागी छन् ।

जेनजी आन्दोलनपछि पार्टी एकताको सन्देशसहित नेपाल फर्किएका पूर्वसभापति शेरबहादुर देउवा भेलाको प्रमुख अतिथि रहेका छन् । भेलामा पार्टीभित्र देखिएको असन्तुष्टि, आन्तरिक मतभेद, नेतृत्वको कार्यशैली, संगठन विस्तार तथा आगामी राजनीतिक रणनीतिबारे छलफल हुने बताइएको छ ।

सहभागी नेताहरूले पार्टीको आन्तरिक लोकतन्त्र बलियो बनाउनुपर्ने, कार्यकर्ताको सुझावलाई नेतृत्वले गम्भीरतापूर्वक लिनुपर्ने र निर्णय प्रक्रियामा सबै पक्षको सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् ।

त्यस्तै, पछिल्लो राजनीतिक परिस्थिति, सरकारको कामकारबाही, जनजीविकाका सवाल तथा आगामी निर्वाचनको तयारीबारे समेत छलफल हुने जनाइएको छ । भेलाले पार्टीभित्रको एकता कायम गर्दै संगठनलाई थप चलायमान बनाउने विषयमा साझा धारणा निर्माण गर्ने अपेक्षा गरिएको छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com