भोटेकोशी बाढीको पीडामा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइँदै
B
Binita Thapa२०२६-०९-०७, ०३:५४ AM

भादौ २२ - रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी अकालमा ज्यान गुमाएकाको सम्मानमा आज नेपालभर राष्ट्रिय शोक मनाइँदै छ ।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि मृतकप्रति सम्मान प्रकट गर्न सरकारले आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो । भदौ १८ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो ।
राष्ट्रिय शोकका अवसरमा आज नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



