रास्वपा गण्डकी प्रदेशको सभापतिमा नवीन त्रिपाठी निर्वाचित
B
Binita Thapa२०२६-०६-१३, ०४:५८ AM

काठमाडौँ, जेठ ३०- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेशको सभापतिमा नवीन त्रिपाठी निर्वाचित भएका छन् ।
त्रिपाठीले अन्य तीन जना उम्मेदवारलाई पराजित गर्दै सभापतिमा निर्वाचित भएका हुन् । यसअघि उनी प्रदेशको महामन्त्री थिए । उनीसँगै यसअघि प्रदेश सभापति एवंम सांसद रहेका राजन गौतम, माधव कँडेल र हरिबहादुर कार्कीले प्रतिस्पर्धा गरेका थिए । त्रिपाठीले २३४ मत ल्याएर विजयी हुँदा गौतमले १८२ मत पाए ।
अर्का उम्मेदवार माधव कँडेलले ११ पाए भने हरिबहादुर कार्कीले जम्मा २ मत मात्रै ल्याए ।
लोकप्रिय खबर
लोड हुँदैछ...



