राष्ट्रघाती अभिव्यक्ति फिर्ता लिन नेकपको माग

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्तिलाई राष्ट्रहितविपरीत र तथ्यहीन भएको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनलेम प्रधानमन्त्री संसदमा उपस्थित भएर जवाफ दिनु सकारात्मक भए पनि सीमा विवादबारे व्यक्त धारणा गम्भीर रूपमा आपत्तिजनक रहेको बताए । दुलालको लिपुलेक, लिम्पियाधुरा र कालापानीलगायत नेपालको अतिक्रमित भूमिबारे सरकारको स्पष्ट र दृढ अडान देखिन नसकेको दाबी गर्दै सीमावर्ती क्षेत्रमा हुने खेतीपातीलाई भारतीय सेनाको उपस्थितिसँग तुलना गर्नु गलत भएको भनाइ थियो।प्रधानमन्त्रीले नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति दिएको उल्लेख गर्दै दुलालले त्यसलाई राष्ट्रहितविपरीत टिप्पणीको संज्ञा दिए । परराष्ट्र मन्त्रालयले दिएको स्पष्टीकरणप्रति पनि उनले असन्तुष्टि जनाउँदै प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति फिर्ता नलिएसम्म सदन चल्न नदिने चेतावनी समेत दिएका छन् ।
लोकप्रिय खबर
लोड हुँदैछ...



