Global TV Logo
लोड हुँदैछ...

कालापानी–लिपुलेकमा नेपालसँग प्रमाण छ : प्रधानमन्त्री शाह

S
Sristi Thakuri
२०२६-०६-२२, ०५:२९ AM
होमपेज/विशेष समाचार
कालापानी–लिपुलेकमा नेपालसँग प्रमाण छ : प्रधानमन्त्री शाह

काठमाडौँ, असार ८- प्रधानमन्त्री बालेन्द्र शाहले भारतसंगको सीमा विवादबारे स्पष्टीकरण दिएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको चितवनमा जारी प्रथम महाधिवेशनको उद्घाटन शत्रलाई सम्बोधन गर्नेक्रममा प्रधानमन्त्री शाहले विपक्षी दलहरुले व्यापक विरोध गरिरहेको नेपाल–भारत सीमाबारे संसद्मा आफूले दिएको विवादित अभिव्यक्तिबारे स्पष्टीकरण दिएका हुन् । 

 उनले नेपाल–भारत सीमा विवाद समाधानका लागि तेस्रो पक्षको मध्यस्थता नखोजेको स्पष्ट पारेका छन् । सीमाबारे आवश्यक परे ब्रिटिस शासनकालका प्रमाण जुटाउने कुरा गरेको उनको भनाइ छ । प्रधानमन्त्री शाहले नेपालसंग कालापानी र लिपुलेकको प्रमाण रहेको र त्यही प्रमाण ब्रिटिसबाट ल्याउन खोजेको बताए ।

प्रधानमन्त्री शाहले नेपालले आफ्ना छिमेकीहरूसँग प्रमाणका आधारमा संवाद गरेर सीमा समस्या समाधान गर्ने बताएका छन् ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com