Global TV Logo
लोड हुँदैछ...

नेपाल–भारत सीमा विवाद द्विपक्षीय संयन्त्रबाटै सुल्झाइने, तेस्रो पक्षको भूमिका रहँदैन: भारतीय विदेश मन्त्रालय

S
Sristi Thakuri
२०२६-०६-०२, १२:२७ PM
होमपेज/समाचार
नेपाल–भारत सीमा विवाद द्विपक्षीय संयन्त्रबाटै सुल्झाइने, तेस्रो पक्षको भूमिका रहँदैन: भारतीय विदेश मन्त्रालय

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नेपाल र भारतबीचको सीमा विवादलाई स्थापित द्विपक्षीय संयन्त्रमार्फत नै समाधान गरिने स्पष्ट पार्दै दुई देशबीचको सीमांकन कार्य करिब ९८ प्रतिशत सम्पन्न भइसकेको जानकारी दिएका छन् । 

 नियमित पत्रकार सम्मेलनका क्रममा बोल्दै उनले गण्डक नदीले धार परिवर्तन गरेका कारण केही क्षेत्रमा सीमांकन सुल्झिन बाँकी रहेको र सीमांकन भइसकेका क्षेत्रमा देखिएका दशगजा (नो म्यान्स ल्याण्ड) अतिक्रमणका घटनालाई संयुक्त नक्शांकनमार्फत सम्बोधन गरिँदै बताए ।  नेपालका प्रधानमन्त्री बालेन साहले प्रतिनिधि सभामा सीमा समस्याबारे कूटनीतिक पहल भइरहेको र बेलायतलाई समेत कूटनीतिक नोट पठाइएको भनी दिइएको अभिव्यक्तिबारे सोधिएको प्रश्नमा प्रवक्ता जयसवालले नेपाल–भारत सीमा मामिला पूर्णतः द्विपक्षीय विषय भएकाले यसमा कुनै पनि तेस्रो पक्षको भूमिका नरहने र यो कुरा सबैलाई स्पष्ट हुनुपर्ने कुरामा जोड दिए । 

 दुई देशबीच प्रभावकारी द्विपक्षीय संयन्त्रहरू क्रियाशील रहेको उल्लेख गर्दै उनले नेपाल र भारतबीच जनस्तर तथा राजनीतिक दलहरूबीच गहिरो सम्बन्ध रहेको र पछिल्ला उच्चस्तरीय भ्रमणहरूले आपसी सम्बन्धलाई थप सुदृढ बनाएको बताएकाछन् । 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com
नेपाल–भारत सीमा विवाद द्विपक्षीय संयन्त्रबाटै सुल्झाइने, तेस्रो पक्षको भूमिका रहँदैन: भारतीय विदेश मन्त्रालय | Global TV Khabar