Global TV Logo
लोड हुँदैछ...

नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

B
Bijay Pokharel
२०२६-०५-१२, १२:३६ PM
होमपेज/खेलकुद
नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित भएको छ। 

पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २९२ रन बनाएको थियो। 

नेपालका लागि गुल्सन झाले प्रभावशाली ब्याटिङ गर्दै अविजित अर्धशतक बनाए। उनले ३५ बलमा २ चौका र ५ छक्कासहित ६२ रन जोडे।

दीपेन्द्र सिंह ऐरीले पनि ४४ बलमा ५ चौका र १ छक्काको मद्दतमा ५५ रनको महत्वपूर्ण पारी खेले। कप्तान रोहित पौडेलले ४६ बलमा ३२ रन बनाए।

अन्तिम ओभरमा नेपाललाई जितका लागि १३ रन आवश्यक थियो, तर स्कटल्यान्डका बलरहरूले दबाब कायम राख्दै नेपाललाई लक्ष्यसम्म पुग्न दिएनन्। 

स्कटल्यान्डका ब्राडली करीले ८ ओभरमा ४२ रन खर्चेर ३ विकेट लिए र टोलीको जितमा महत्वपूर्ण भूमिका खेले।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com