Global TV Logo
लोड हुँदैछ...

नेपाल–श्रीलंका भिडन्त भोली , नेपाली क्रिकेट टोलीको ठूलो परीक्षा

S
Sristi Thakuri
२०२६-०९-२८, ०४:४८ AM
होमपेज/समाचार
नेपाल–श्रीलंका भिडन्त भोली , नेपाली क्रिकेट टोलीको ठूलो परीक्षा

काठमाडौं, असोज १२ - जापानमा जारी एसियाली खेलकुद क्रिकेटअन्तर्गत समूह ए को विजेता बन्दै अघिल्लो चरण प्रवेश गरेको नेपालले भोली मंगलबार क्वाटरफाइनलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । 

समूह ए मा रहेको नेपालले पहिलो खेलमा अफगानिस्तानलाई पाँच विकेटले हराएको थियो । आयोजक जापानसँगको दोस्रो खेल नतिजाविहीन हुँदा तीन अंक जोड्दै समूह विजेता बनेको हो । नेपाली दर्शकले प्रतिक्षा गरेको श्रीलंकासँग क्वाटरफाइनलको खेल मंगलबार बिहान नेपाली समय अनुसार पौने ६ बजे सुरु हुनेछ । नेपाल र श्रीलंकाबीच टी–२० अन्तर्राष्ट्रियमा अहिलेसम्म कुनै पुरा खेल भएको छैन् । सन् २०२४ को टी–२० विश्वकपमा एउटै समूहमा रहे पनि अमेरिकाको फ्लोरिडामा हुने भनिएको खेल वर्षाका कारण टस नै नभई रद्द भएको थियो । त्यसैले भोली हुने भिडन्त नेपालका लागि ठुलो परीक्षा हुनेछ । आइसिसीको पछिल्लो पुरुष टी–२० वरीयतामा श्रीलंका नवौँ स्थानमा छ । नेपाल १४ औँ स्थानमा छ । वरीयता र अन्तर्राष्ट्रिय अनुभवका आधारमा श्रीलंका नेपालभन्दा ५ स्थान माथि छ । विश्व क्रिकेटका शीर्ष टोलीसँग निरन्तर प्रतिस्पर्धा गरेको ठुलो अनुभव हुनु श्रीलंकाको मुख्य बलियो पक्ष हो ।  नेपालले भने टी–२० ढाँचामा लगातार उत्कृष्ट नतिजा निकाल्दै आएको छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com
नेपाल–श्रीलंका भिडन्त भोली , नेपाली क्रिकेट टोलीको ठूलो परीक्षा | Global TV Khabar