साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले आज बंगलादेशको सामना गर्दै

जेठ २०- साफ महिला च्याम्पियनसिप २०२६ को सेमिफाइनलमा नेपालले आज बंगलादेशको सामना गर्दै छ ।
भारतको गोवास्थित जवाहरलाल नेहरू स्टेडियममा हुने पहिलो सेमिफाइनलमा नेपालले दुईपल्टको डिफेन्डिङ च्याम्पियन बंगलादेशको सामना गर्न लागेको हो । नेपाल र बंगलादेशबीचको खेल अपराह्न सवा ४ बजे सुरु हुनेछ ।
समूह चरणका दुवै खेलमा जित निकाल्दै नेपाल समूह ए को विजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो । समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई २–० गोलले पराजित गरेको थियो । यसअघि समूहको पहिलो खेलमा भुटानलाई १–० गोलले हराएको नेपाल दुई खेलबाट ६ अंक जोड्दै समूहको शीर्ष स्थानमा रहन सफल भएको हो । बंगलादेश समूह बी बाट सेमिफाइनल पुगेको हो । प्रतियोगिताको नियमअनुसार दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनल पुगेका हुन् । साफ महिला च्याम्पियनसिपको इतिहासमा पटक–पटक फाइनल पुगेर पनि नेपालले हालसम्म उपाधि जित्न सकेको छैन ।
यसपटक ऐतिहासिक उपाधि जित्ने स्पष्ट लक्ष्यका साथ नेपाली टोली गोवा प्रस्थान गरेको हो ।
लोकप्रिय खबर
लोड हुँदैछ...



