Global TV Logo
लोड हुँदैछ...

एसीसी प्रिमियर कपमा नेपालको जित, बहराइन ७ विकेटले पराजित

B
Binita Thapa
२०२६-०८-३१, ०६:४८ AM
होमपेज/विशेष समाचार
एसीसी प्रिमियर कपमा नेपालको जित, बहराइन ७ विकेटले पराजित

भदौ १५ - एसीसी पुरुष प्रिमियर कप २०२६ मा नेपालले विजयी सुरुवात गरेको छ । समूह ‘ए’मा रहेको नेपालले आफ्नो पहिलो खेलमा बहराइनमाथि ७ विकेटको फराकिलो जित दर्ता गरेको हो ।

बहराइनले प्रस्तुत गरेको ८८ रनको मामूली लक्ष्यलाई नेपालले मात्र २१ ओभरमा ३ विकेट गुमाउँदै सहजै पूरा गर्‍यो । बहराइनको ब्याटिङमा कुनै ब्याट्सम्यानले ठूलो योगदान दिन सकेनन् । फियाज अहमदले १५ रन बनाए भने मुहम्मद वासिमले १३ र अलि दाउदले १० रन जोडे । बाँकी सबै दोहोरो अंक पनि पुग्न सकेनन् । बहराइन ३६।२ ओभरमा अलआउट भएको थियो ।

नेपाली बलरहरूले उत्कृष्ट प्रदर्शन गरे । कप्तान सन्दीप लामिछानेले १० ओभरमा चार मेडनसहित मात्र १४ रन दिएर पाँच विकेट लिए । ललित राजबंशीले तीन र करण केसीले दुई विकेट लिए ।

जवाफी ब्याटिङमा नेपालले सहजरूपमा लक्ष्य पूरा गर्‍यो । ओपनर अर्जुन कुमाल ३६ रनमा अविजित रहँदा रोहित पौडेलले १४ बलमा १९ रन बनाए ।

आसिफ शेखले १९ रन जोडे । खेल वाईएसडी युकेएम क्रिकेट मैदान, बङ्गीमा भएको थियो ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com