Global TV Logo
लोड हुँदैछ...

नेपाली कांग्रेसले १५ औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको नामावली सार्वजनिक

S
Sristi Thakuri
२०२६-१०-०६, ०४:५७ AM
होमपेज/विशेष समाचार
नेपाली कांग्रेसले १५ औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको नामावली सार्वजनिक

काठमाडौँ , असोज १९ - नेपाली कांग्रेसले १५ औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको नामावली सार्वजनिक गरेको छ । 

कांग्रेसले पार्टीको वेबसाइटमार्फत १५ औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको नामावली प्रकाशितन गरेको हो । कांग्रेस केन्द्रीय निर्वाचन समितिले महाधिवेशनका लागि पहिलो चरणको मतदाता नामावली प्रकाशित गरेको जनाएको छ । समितिका अनुसार कुल मतदाता संख्या ७ हजार १ सय १४ जना रहेको छ । समितिले कसैको नामावली छुटेको भए अन्तिम नामावली प्रकाशन गर्दा समावेश गरिने जनाएको छ । यस्तै, समितिले प्रकाशित नामावलीमा कुनै दाबी विरोध भएमा केन्द्रीय निर्वाचन समितिको कार्यालयमा दर्ता गराउन सूचित गरेको छ । जारी महाधिवेशनको मतदाता संख्या गत १४ औँ महाधिवेशनको मतदाता संख्याभन्दा २ हजार ३ सय ७१ ले बढी हो । १४ औँ महाधिवेशनमा ४ हजार ७ सय ४३ मतदाता थिए । पार्टी क्रियाशील सदस्य ९ लाख ६९ हजार ८ सय ४२ जना पुगेको कांग्रेसको दाबी छ । १४ औँ महाधिवेशनमा कांग्रेसका क्रियाशील सदस्य ८ लाख ७० हजार थिए । अहिले हाराहारी १ लाख सदस्य बढेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन् ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com