Global TV Logo
लोड हुँदैछ...

वीर अस्पतालमा नेफ्रोलोजी ओपीडी विस्तार, अब सातामा पाँच दिन विशेषज्ञ सेवा

S
Sristi Thakuri
२०२६-०८-२०, ०५:५२ AM
होमपेज/विशेष समाचार
वीर अस्पतालमा नेफ्रोलोजी ओपीडी विस्तार, अब सातामा पाँच दिन विशेषज्ञ सेवा

काठमाडौं , भदौ ४ - वीर अस्पतालको नेफ्रोलोजी विभागले बिरामीको बढ्दो चापलाई मध्यनजर गर्दै मिर्गौला विशेषज्ञको ओपीडी सेवा विस्तार गरेको छ । 

यसअघि सातामा चार दिन मात्रै सञ्चालन हुँदैआएको ओपीडी अब पाँच दिन सञ्चालन हुने अस्पतालले जनाएको हो । वीर अस्पतालले जारी गरेको सूचनाअनुसार अब नेफ्रोलोजी विभागको ओपीडी सोमबारदेखि शुक्रबारसम्म सञ्चालन हुनेछ । सोमबार र बुधबार बिहान तथा दिउँसो दुवै सत्रमा सेवा उपलब्ध हुनेछ । मंगलबार र बिहीबार भने बिहानको सत्रमा मात्रै ओपीडी सञ्चालन हुनेछ । शुक्रबार पनि बिहान र दिउँसो दुवै सत्रमा विशेषज्ञ सेवा दिइने अस्पतालले जनाएको छ । यसअघि मंगलबार ओपीडी सञ्चालन नहुँदा अन्य दिन, विशेषगरी बुधबार बिरामीको चाप अस्वाभाविक रूपमा बढ्ने गरेको थियो ।

 मंगलबार मिर्गौला प्रत्यारोपण, राउन्ड तथा औपचारिक कक्षालगायतका चिकित्सकीय र शैक्षिक गतिविधि हुने भएकाले ओपीडी बन्द रहने व्यवस्था थियो । तर, आइतबार सार्वजनिक बिदा लागु भएपछि समस्या झन् थपिएको वरिष्ठ कन्सल्टेन्ट नेफ्रोलोजिस्ट तथा विभागीय प्रमुख डा.अनिल बरालले जानकारी दिएका छन् । 

एउटै दिन बिरामीको चाप थुप्रिँदा सेवा व्यवस्थापनमा समेत चुनौती देखिएपछि विभागले ओपीडी विस्तार गर्ने निर्णय गरेको छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com