Global TV Logo
लोड हुँदैछ...

नयाँ नोट सटहीमा राष्ट्र बैंकको नयाँ व्यवस्था, सूचना जारी गर्ने पुरानो चलन हट्यो

S
Sristi Thakuri
२०२६-१०-०१, ०५:०३ AM
होमपेज/समाचार
नयाँ नोट सटहीमा राष्ट्र बैंकको नयाँ व्यवस्था, सूचना जारी गर्ने पुरानो चलन हट्यो

काठमाडौँ , असोज १५ - नेपाल राष्ट्र बैंकले नयाँ नोट साट्नका लागि सूचना जारी गर्ने विगतको चलन हटाएको छ । 

राष्ट्र बैंकले यसपटक इच्छुक सर्वसाधारणले राष्ट्र बैंकका केन्द्रीय तथा क्षेत्रीय कार्यालय र अन्य बैंक तथा वित्तीय संस्थाका शाखाबाट सजिलै नयाँ नोट सटही सुविधा पाउने व्यवस्था मिलाएको हो । नयाँ नोट सटही सुविधा उपलब्ध भइसकेको राष्ट्र बैंकले जनाएको छ । अघिल्ला दुई वर्ष राष्ट्र बैंकले नयाँ नोटको साटो सुकिला नोट सटही गरिदिएको थियो । यस वर्ष भने नयाँ नोट नै सटही गरिने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार सार्वजनिक बिदाबाहेक सबै दिन सर्वसाधारणले नोट साट्न सक्नेछन् । काठमाडौं उपत्यकामा थापाथलीस्थित राष्ट्र बैंकको केन्द्रीय कार्यालय र सबै क्षेत्रीय कार्यालयबाट नयाँ नोट वितरण भइरहेको राष्ट्र बैंकले जनाएको छ । विगतमा ५ रुपैयाँदेखि १ सय रुपैयाँका एक÷एक सेट गरी प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबरका नोट सटही सुविधा दिँदै आएको राष्ट्र बैंकले यस वर्ष एक बन्डलभन्दा बढी पनि सटही गर्ने सुविधा दिएको छ । यस वर्ष नयाँ नोट स्टकको समस्या नभएकाले पनि सर्वसाधारणलाई एक÷दुई सेटसम्म सटही दिने गरिएको राष्ट्र बैंकले जनाएको छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com