Global TV Logo
लोड हुँदैछ...

मोन्ट्रा इलेक्ट्रिकद्वारा नेपालमा नेक्स्ट जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक

S
Sristi Thakuri
२०२६-०८-१२, ११:०२ AM
होमपेज/विशेष समाचार
मोन्ट्रा इलेक्ट्रिकद्वारा नेपालमा नेक्स्ट जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक

काठमाडौं , साउन २७ - पूर्णतया इलेक्ट्रिक कमर्सियल भेहिकलमा केन्द्रित भारतीय ब्रान्ड मोन्ट्रा इलेक्ट्रिकले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा प्रवेश गरेको घोषणा गरेको छ । 

कम्पनीले आज काठमाडौंमा सुपर अटो इलेक्ट्रिक थ्री–ह्विलरकोपहिलो ब्याच सार्वजनिक गरेको हो । मोन्ट्रा इलेक्ट्रिक नेपालका लागि आफ्नो आधिकारिक राष्ट्रिय हिप्को ट्रेडिंग प्रालिमार्फत नेपाल प्रवेश गरेको हो । काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले मोन्ट्रा इलेक्ट्रिकको फ्ल्यागसिप यात्रुवाहक थ्री–ह्विलर सुपर अटो सार्वजनिक गरेका हुन् । यससँगै नेपालमा मोन्ट्रा इलेक्ट्रिक सुपर अटोको औपचारिक सुरुवात भएको छ । 

मोन्ट्रा इलेक्ट्रिक सुपर अटोको इन्जिनियरिङ विकास नेपालका सडक तथा भू–भागमा गरिएको परीक्षण, स्थानीय वितरकबाट प्राप्त सुझाव तथा नेपालको सडक र भूगोलका मौलिक आवश्यकतालाई ध्यानमा राखेर गरिएको छ । कम सञ्चालन खर्च, कम मर्मतसम्भार खर्च तथा इन्धनको मूल्यमा हुने उतारचढावको प्रभावबाट मुक्त हुन पाउनु यसका प्रमुख फाइदा हुन् । 

मोन्ट्रा इलेक्ट्रिक सुपर अटो चालकले प्रदान गर्ने सेवाको गुणस्तरका कारण यात्रुबाट सम्मान र विश्वास प्राप्त हुने विश्वास गरिएको छ । आकर्षक प्रिमियम डिजाइन, आरामदायी र आफ्नो सेगमेन्टमा उत्कृष्ट प्रदर्शनसहितको सुपर अटो हरेक यात्रामा यात्रुलाई राम्रो अनुभव प्रदान गर्न, चालकको दैनिक आम्दानी बढाउन र ग्राहकलाई पुनः सेवा लिन प्रेरित गर्नेगरी विश्वास निर्माण गर्न तयार गरिएको छ । 

एकपटकको पूर्ण चार्जमा १ सय ५० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज र ५५ किलोमिटर प्रतिघण्टाको अधिकतम गति प्रदान गर्ने कम्पनीले जनाएको छ । घोषणाबारे बोल्दै मोन्ट्रा इलेक्ट्रिकका अध्यक्ष अरुण मुरुगप्पनले मोन्ट्रा इलेक्ट्रिकको नेपाल प्रवेशले इन्जिनियरिङ उत्कृष्टताको प्रयोग वास्तविक र स्थानीय आवश्यकतामा आधारित हुनुपर्छ भन्ने लामो समयदेखिको विश्वासलाई प्रतिबिम्बित गर्ने बताए । 

हिप्को ट्रेडिंग प्रालिका निर्देशक सिद्धार्थ जजोडियाले नेपालमा उच्च प्रदर्शनयुक्त सुपर अटो यात्रुवाहक सवारीसाधनको सुरुवातले कम्पनीको महत्वाकांक्षी विश्वव्यापी योजनाको सुरुवात गरेको बताए । प्रालि नेपालको सबैभन्दा पुरानो र स्थापित व्यवसायिक तथा निर्यातमूलक संस्थामध्ये एक दिवाकर गोल्छा अर्गनाइजेसनको सहायक कम्पनी हो । 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com