भाषण होइन, बाढीपीडितले परिणाम खोजेका छन् : निश्कल राई

काठमाडौं , भदौ ३१ - नेपाली कांग्रेसका सचेतक निश्कल राईले विपद्को समयमा अहङ्कार र धम्कीभन्दा संवाद, जिम्मेवारी र परिणाममा जोड दिन सरकारलाई आग्रह गरेका छन्।
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै राईले रसुवाको भोटेकोशी बाढीपीडितको तत्काल पुनर्स्थापना र पुनर्निर्माणका लागि स्पष्ट कार्ययोजना ल्याउन माग गरे। उनले घर तथा आफन्त गुमाएका नागरिकले कहिले र कहाँ सुरक्षित बास पाउने भन्नेबारे सरकारले तत्काल जवाफ दिनुपर्ने बताए।
बाढी प्रभावित क्षेत्रमा खानेपानी, सरसफाइ, खाद्य सुरक्षा र स्वास्थ्यसँगै मनोसामाजिक समस्या बढ्न सक्ने भन्दै राईले एकीकृत स्वास्थ्य तथा पुनर्स्थापना कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए।
उनले तीनै तहका सरकारबीच प्रभावकारी समन्वय हुन नसक्दा विपद् प्रतिकार्यमा समस्या देखिएको उल्लेख गर्दै प्रभावित नागरिकले भाषण र आश्वासन नभई ठोस परिणाम र उत्तरदायित्व खोजिरहेको बताए।
लोकप्रिय खबर
लोड हुँदैछ...



