Global TV Logo
लोड हुँदैछ...

स्वास्थ्य सुधारका १९ बुँदे सहमतिपछि नर्स अभियन्ता ज्योति रानाभाटको अनसन अन्त्य

S
Sristi Thakuri
२०२६-०८-०५, ०५:१७ AM
होमपेज/विशेष समाचार
स्वास्थ्य सुधारका १९ बुँदे सहमतिपछि नर्स अभियन्ता ज्योति रानाभाटको अनसन अन्त्य

काठमाडौं , साउन २० - स्वास्थ्य क्षेत्रका विभिन्न माग राखी अनसनरत नर्स अभियन्ता ज्योति रानाभाट र सरकारी वार्ता टोलीबिच १९ बुँदे सहमति भएको छ । 

स्वास्थ्य क्षेत्रका विभिन्न माग राखी विगत साउन १४ गतेदेखि अनसनरत नर्स अभियन्ता ज्योति रानाभाट र सरकारी वार्ता टोलीबिच गएराति १९ बुँदे सहमति भएको हो । सहमतिसँगै रानाभाटने आफ्ना सम्पूर्ण अनसनका कार्यक्रमहरू अन्त्य गरेकी छन् । सहमति अनुसार सरकारी, निजी तथा सामुदायिक अस्पतालहरूमा कार्यरत नर्स, मिडवाइफ र स्वास्थ्यकर्मीहरूको पारिश्रमिक तथा सेवा सुविधा निर्धारणका लागि ७ दिनभित्र कार्यदल गठन गरी ६ महिनाभित्र काम सम्पन्न गरिनेछ । 

यसैगरी अस्पतालहरूमा आधारभूत सुविधा मापदण्ड र पेशेन्ट सेफ्टी अनिवार्य लागू गर्ने, छात्रवृत्ति प्राप्त स्वास्थ्यकर्मी परिचालन निर्देशिका परिमार्जन गर्ने, एक स्वास्थ्यकर्मी–एक स्वास्थ्य संस्था मापदण्ड परिमार्जन गर्ने तथा प्रवेश परीक्षा नीति सुधार गर्नेजस्ता तत्काल कार्यान्वयन गर्ने सहमति भएको छ । दीर्घकालीन र नीतिगत सुधारका लागि नर्स÷मिडवाइफ र बिरामीको अनुपात कायम गर्न दरबन्दी सिर्जना गर्ने विषयमा पनि सहमति भएको छ । 

करार सेवालाई क्रमशः हटाएर स्थायी पदपूर्ति गर्ने, स्वास्थ्य सेवा ऐन परिमार्जन गरी नर्सिङ क्षेत्रका लागि कम्तीमा २५ प्रतिशत जोखिम भत्ता सुनिश्चित गर्ने तथा विशेषज्ञ पद सिर्जनाका लागि कार्यदल गठन गर्ने विषयमा दुवै पक्ष सहमत भएका छन् ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com