Global TV Logo
लोड हुँदैछ...

आयल निगमले आज ग्यास बिक्रीवितरण नगर्ने

B
Binita Thapa
२०२६-०८-१७, ०४:०९ AM
होमपेज/विशेष समाचार
आयल निगमले आज ग्यास बिक्रीवितरण नगर्ने

भदौ १ - नेपाल आयल निगमले शनिबार र आइतबार जस्तो ग्यास बिक्रीवितरण नगर्ने भएको छ । 

आज सोमबारदेखि सम्बन्धित ग्यास उद्योगले नियुक्त गरेका विक्रेतामार्फत नियमित प्रक्रियाअनुसार ग्यास खरिद गर्न निगमले भनेको छ ।

निगमले शनिबार पाँच ठाउँबाट र आइतबार सात ठाउँबाट खाना पकाउने एलपी ग्यासको बिक्री–वितरण गरेको थियो । आज भने उपभोक्तालाई आफूलाई पायक पर्ने ग्यास विक्रेतासँग सम्पर्क गरी ग्यास खरिद गर्न निगमले आग्रह गरेको छ।

साथै ग्यास बिक्री–वितरणलाई व्यवस्थित बनाउन उद्योग तथा विक्रेतालाई विभिन्न विवरण अनिवार्य रूपमा उपलब्ध गराउन निर्देशन दिइएको छ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com