साउदीबाट तेल निर्यात सुचारु, विश्व बजारमा कच्चा तेलको मूल्य घट्यो

काठमाडौँ , असोज १४ - साउदी अरबले तेल निर्यात खुलाएपछि विश्वबजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ ।
मध्यपूर्वबाट कच्चा तेलको निर्यात पुनः सुचारु हुने संकेत देखिएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा २ दशमलव ५ प्रतिशतले कमी आएको हो । तर,इरानसंग अमेरिका र इजरायलको युद्धका कारण आपूर्तिमा आएको अवरोधबीच यो महिना समग्रमा तेलको मूल्यमा वृद्धि हुने देखिएको छ । मंगलबारको कारोबार बन्द हुँदा ब्रेन्ट क्रुडको फ्युचर्स २ दशमलव ६९ डलर अर्थात् २ दशमलव ६ प्रतिशतले घटेर प्रतिब्यारेल १ सय २ दशमलव ५९ डलरमा सीमित भएको छ । यसैगरी, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट क्रुडको मूल्य ३ दशमलव २२ डलर अर्थात ३ दशमलव ५ प्रतिशतले घटेर ८९ दशमलव ३८ डलरमा झरेको छ । साउदी अरबले पूर्व–पश्चिम पाइपलाइनको सञ्चालन पुनः शुरू गरेसँगै आफ्नो लाल सागरको यान्बु बन्दरगाहबाट तेल ट्याङ्करहरुको लोड गर्ने काम सुचारु गरेको छ । जसले मध्यपूर्वबाट तेल निर्यातको दृष्टिकोणलाई थप सुधारेको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



