Global TV Logo
लोड हुँदैछ...

पुराना कानुनले बाधा पुर्‍यायो, सुधार आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

S
Sristi Thakuri
२०२६-०६-०३, ११:५८ AM
होमपेज/समाचार
पुराना कानुनले बाधा पुर्‍यायो, सुधार आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले समयअनुकूल कानुनी संरचना निर्माण र पुराना कानुनको संशोधन सरकारको प्रमुख प्राथमिकतामा रहेको बताएका छन्।

बुधबार मन्त्रालयमा आयोजित विषयगत समितिको बैठकमा उनले दशकौँ पुराना र व्यवहारमा असहज बनेका कानुनलाई संशोधन गर्दै वर्तमान आवश्यकता र प्रविधिको विकाससँग मेल खाने नयाँ कानुन तर्जुमा गरिने बताए।

मन्त्री तिमिल्सिनाले संसदलाई प्रभावकारी कानुन निर्माणको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको उल्लेख गर्दै कानुनले कामलाई सहज बनाउनुपर्नेमा कतिपय अवस्थामा उल्टै बाधा सिर्जना गरिरहेको बताए।

उनले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय तथा अनुभव आदान–प्रदानमार्फत कानुन निर्माण प्रक्रियालाई थप प्रभावकारी बनाइने पनि स्पष्ट पारे।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com
पुराना कानुनले बाधा पुर्‍यायो, सुधार आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना | Global TV Khabar