एमालेमा अनुशासनलाई मुख्य हतियार बनाउन ओलीको जोड
S
Sristi Thakuri२०२६-०९-२१, १०:५१ AM

काठमाडौं , असोज ५ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र बढ्दै गएको अनुशासनहीनता रोक्न नेताकार्यकर्तालाई सचेत गराएका छन्।
सोमबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टीभित्रका असहमति र बहस सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा नभई सम्बन्धित कमिटीमै राख्न आग्रह गरे।
आन्तरिक विषय सार्वजनिक गर्दा पार्टीको प्रतिष्ठामा असर पर्ने र संगठन कमजोर हुने उनको भनाइ थियो। देश जटिल परिस्थितिबाट गुज्रिरहेको भन्दै ओलीले लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षाका लागि पार्टी एकताबद्ध र अनुशासित भएर अघि बढ्नुपर्ने बताए।
लोकप्रिय खबर
लोड हुँदैछ...



